Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी माई मेला व्यवस्थापनमा ५० थान टिसर्ट सहयोग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई सहज बनाउन गम्हरिया फाउन्डेसनले ५० थान टिसर्ट सहयोग गरेको छ। मेलाको सुरक्षात्मक संयोजन र स्वयंसेवक परिचालनलाई प्रभावकारी बनाउन फाउन्डेसनले उक्त सहयोग गरेको हो।

- Advertisement -

फाउन्डेसनका अध्यक्ष दीपक साहले संस्थाले जनकल्याण, सामाजिक सेवा र धार्मिक आस्थासँग सम्बन्धित कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको जानकारी दिए।

संस्थाका सचिव अभय कुमार तिवारीले स्वयंसेवकहरूको एकरूपता र अनुशासन सुनिश्चित गर्न टिसर्ट सहयोग गरिएको बताउँदै स्थानीय मेलाको व्यवस्थापन र गरिमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

- Advertisement -

मेला समितिका अध्यक्ष राज किशोर साहले गम्हरिया फाउन्डेसनप्रति आभार प्रकट गर्दै भने, “स्वयंसेवकहरूको एउटै पोशाकले मेलामा सुरक्षाको विश्वास बढाउनेछ र अनुशासन कायम राख्न मद्दत पुर्‍याउनेछ।”

हरेक वर्ष आयोजित हुने श्री चण्डी माई मेला फेटा क्षेत्रको महत्वपूर्ण सांस्कृतिक र धार्मिक कार्यक्रम हो। समितिले फाउन्डेसनको सहयोगलाई सामाजिक सम्मान र मेलाको व्यवस्थित सञ्चालनमा महत्वपूर्ण योगदान भएको बताएको छ।

गम्हरिया फाउन्डेसनले यस्ता परोपकारी कार्यलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार