spot_img

बीरगन्जमा नेविसंघको ५५औं स्थापना दिवस रक्तदान कार्यक्रमसहित सम्पन्न

spot_img
spot_img

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गर्दै मनाइएको छ। ठाकुर राम बहुमुखी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा १ महिला सहित ३० जनाले रगत दान गरेका छन्।

कार्यक्रमको प्रमुख अतिथि शम्भू चौहानले रक्तदाताहरूलाई शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा विद्यार्थीहरूको योगदान सराहनीय रहेको बताए।

पूर्व इकाई सभापति मनोज साहको संयोजनमा आयोजित कार्यक्रममा पूर्व क्षेत्रीय सभापति विजय कर्ण, नेपाली कांग्रेस पर्साका पूर्व सहसचिव रोशन लामीछाने, पूर्व स्ववियु सभापति मनोज यादव, जय नेपाल फाउण्डेशनका जिल्ला सभापति मनोहर साह, तरुण दलका केन्द्रीय सदस्य सञ्जय चतुरवेदी, स्ववियु सभापति पदका उम्मेदवार राजु गुप्ता, विद्यार्थी नेता रुपेश साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा रक्तसञ्चार केन्द्र बीरगन्जबाट खटिएको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।

स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति जागरूक बनाएको आयोजकहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय