कंगोमा डुंगामा आगलागी, १४८ जनाको मृत्यु

spot_img

किन्सासा,०६ बैशाख । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार भएको डुंगा दुर्घटनामा १४८ जनाको ज्यान गएको छ । अधिकारीहरूले सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका जनाएका छन् ।

देशको उत्तर-पश्चिममा रहेको कंगो नदीमा इन्धन बोकेको काठको डुंगामा आगलागी भएको थियो । त्यसलगत्तै उक्त डुंगा पल्टिएको थियो । डुंगामा करिब ५ सय यात्रु सवार थिए । नदी आयुक्त कम्पिटेन्ट लोयोकोले एक व्यक्तिले डुंगामा खाना पकाउँदै गर्दा आगो फैलिएको थियो । त्यसलगत्तै नदीमा हाम फालेका महिला र बालबालिकासहित धेरै यात्रुले पौडिन नसकेर ज्यान गुमाएका हुन् ।

उनका अनुसार दर्जनौंलाई जीवितै उद्दार गरिएको थियो । तर तीमध्ये धेरैजसो नराम्ररी जलेका थिए । रेडक्रस र प्रान्तीय अधिकारीहरूको सहयोगमा उद्धार टोलीहरू बेपत्ताहरूको खोजीमा जुटिरहेका छन् । लोयोकोका अनुसार एमबान्डाका सहरनजिकै मोटरबाट सञ्चालित एचबी कोङ्गोलो नामक काठको डुंगा माटानकुमु बन्दरगाहबाट बोलोम्बा क्षेत्रको लागि निस्केको थियो ।

‘५०० यात्रुमध्ये मृत्यु हुनेको संख्या अत्यन्तै उच्च थियो,’ सिनेटर जीन-पल बोकेट्सु बोफिलीले शुक्रबार भनेका छन्, ‘नराम्ररी जलेरका १ सय ५० जना भन्दा बढी मानवीय सहायताबिना बाँच्न बाध्य छन् ।’ मध्य अफ्रिकी देश कंगोमा बारम्बार घातक डुंगा दुर्घटना हुने गरेका छन् । अधिकारीहरूले रातको समयको यात्रा र डुंगामा क्षमताभन्दा बढी यात्रुहरू चढ्ने गरेकाले दुर्घटना हुने गरेको बताउँछन् ।

कंगोका नदीहरू यसको १० करोड भन्दा बढी मानिसका लागि यातायातको मुख्य माध्यम हुन् । विशेष गरी कम पूर्वाधार भएका दुर्गम क्षेत्रहरूमा त्यस्तो यातायातको विकल्प छैन । हालैका वर्षमा डुंगा दुर्घटनामा सयौंको मृत्यु भएको छ । ‘हाम्रो भव्य कंगो नदी र हाम्रो देशमाका तालहरू कंगोली जनताका लागि विशाल चिहान बनेका छन्। यो अस्वीकार्य छ,’ बोफिलीलाई उद्धृत गर्दै गार्जियन जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय