गणतन्त्र कामले बच्ने हो, नामले होइन : अध्यक्ष प्रचण्ड

spot_img

काठमाडौँ, ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको रक्षा केवल नामले होइन, ठोस कामले हुने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “दलहरूले राम्रो काम गरे गणतन्त्र स्वतः संस्थागत हुँदै जान्छ।”

राष्ट्रपति र उपराष्ट्रपतिले राजनीति गर्न नपाउने भन्ने धारणा पनि उनले अस्वीकार गरे। संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले राष्ट्रपतिको भूमिकालाई रोक्ने आधार नभएको उनको भनाइ थियो।

प्रचण्डले हालको सत्ता गठबन्धनमा माओवादी केन्द्रको समर्थन नरहेको स्पष्ट पारे। उनका अनुसार शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियासम्बन्धी मात्र थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्र समर्थक शक्ति एकताबद्ध भएको सन्देश दिनु जरुरी भएकोले सहभागी भएका बताए।

सरकारमा सहभागी हुने चर्चा असत्य भएको उल्लेख गर्दै प्रचण्डले भने, “गणतन्त्र खतरामा परेको भन्ने भाष्य सही होइन। जनमत गणतन्त्रकै पक्षमा छ, त्यसैले डराउनु पर्ने अवस्था छैन।”

spot_img

ताजा अपडेट

लोकप्रिय