ग्लोबल आइएमई बैंकमा अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी माग

spot_img

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकले अफिसर र असिस्टेन्ट स्तरका पदहरूमा कर्मचारी माग गरेको छ। बैंकले सूचना प्रविधि सम्बन्धी शाखामा काम गर्न इच्छुक र योग्य व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको हो।

बैंकका अनुसार उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधिमा स्नातक तह उत्तीर्ण गरेको हुनु आवश्यक छ। साथै, बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव वा सो बाहेक अन्य क्षेत्रमा ३ वर्षको अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

इच्छुक तथा योग्य उम्मेदवारहरूले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन्। विस्तृत जानकारी बैंकको वेबसाइट वा आधिकारिक सूचना मार्फत हेर्न सकिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय