Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

‘सुरक्षित बीरगन्ज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०८ वैशाख । बीरगन्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित बीरगन्ज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

- Advertisement -

यस अभियानमा सबैभन्दा ठूलो योगदान नबिल बैंकले ३ लाख रुपैयाँको सहयोगमार्फत गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक बीरगन्ज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित बीरगन्ज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा बीरगन्जलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख सिंहले बताए ।

- Advertisement -

महानगरपालिकाको पहल एवं सेफर बीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

सिसि क्यामेराले शहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त अभियानको प्रशंसा गर्नुभयो । बीरगन्ज महानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह श्रेष्ठ, प्रहरी उपरीक्षक गौतम मिश्र, उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दास र आशिषकुमार लाठ, कोषाध्यक्ष अनोज रुँगटा, कार्यसमिति सदस्य पन्नालाल साह तथा विभिन्न बैंकका शाखा प्रबन्धकहरू सहभागी थिए।

सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर बीरगन्जलाई हस्तान्तरण गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार