spot_img

‘सुरक्षित बीरगन्ज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग

spot_img
spot_img

बीरगन्ज,०८ वैशाख । बीरगन्ज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित बीरगन्ज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

यस अभियानमा सबैभन्दा ठूलो योगदान नबिल बैंकले ३ लाख रुपैयाँको सहयोगमार्फत गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक बीरगन्ज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो ।

महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित बीरगन्ज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा बीरगन्जलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान प्रेरणादायक भएको नगर प्रमुख सिंहले बताए ।

महानगरपालिकाको पहल एवं सेफर बीरगन्ज र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा संकलित रकमबाट वीरगंजका विभिन्न स्थानमा थप नयाँ क्यामेरा जडान गरिने महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

सिसि क्यामेराले शहरी सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त अभियानको प्रशंसा गर्नुभयो । बीरगन्ज महानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह श्रेष्ठ, प्रहरी उपरीक्षक गौतम मिश्र, उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार दास र आशिषकुमार लाठ, कोषाध्यक्ष अनोज रुँगटा, कार्यसमिति सदस्य पन्नालाल साह तथा विभिन्न बैंकका शाखा प्रबन्धकहरू सहभागी थिए।

सोमबार एक कार्यक्रमकाबीच बैंकहरुले उपलब्ध गराएको सहयोग महानगर प्रमुखको रोहबरमा सेफर बीरगन्जलाई हस्तान्तरण गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय