spot_img

कपडा बैंकद्वारा कलैयामा कपडा वितरण

spot_img
spot_img

बारा, ८ वैशाख । कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा दलित, विपन्न तथा गरिब परिवारका १४ जना महिला र बालबालिकालाई निःशुल्क कपडा वितरण गरिएको छ। सामाजिक सहयोगको भावनासहित कपडा बैंकद्वारा सञ्चालन गरिएको यो अभियानले स्थानीय समुदायमा खुसीको माहोल सिर्जना गरेको छ।

कार्यक्रममा वडा सदस्य सुबास मियाँ अन्सारी, नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दास, मधेश प्रदेश महासंघ सदस्य साजिर मन्सूर, कपडा बैंक अध्यक्ष मुकदम अन्सारी, जसपा नेपालका केन्द्रीय सदस्य कलाम अन्सारी, सहजकर्ता प्रियंका कुश्वाहालगायतको उपस्थिति रहेको थियो।

यसैबीच, बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ स्थित हरैया टोलका एक नवविवाहित जोडीलाई पनि कपडा बैंकले विवाहका लागि आवश्यक कपडाहरू – कोर्ट, पाइन्ट, सर्ट, जुता, चप्पल, कुर्ता सुरुवाल – हस्तान्तरण गरेको छ। आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिका कारण सहयोग गरिएको हो।

नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष दासले कपडा हस्तान्तरण गर्दै मानव सेवाभन्दा उत्कृष्ट कार्य अरु केही नहुने बताइन्। उनले यस्ता मानवीय कार्यहरूमा सबैले आफ्नो क्षमता अनुसार सहभागी हुन आग्रह गरिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय