spot_img

यस वर्ष वर्षायाममा पनि मेलम्चीको पानी बन्द नहुने मन्त्री यादवकाे भनाई

spot_img
spot_img

काठमाडौँ, ९ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा पनि मेलम्ची खानेपानी आपूर्ति नरोकिने स्पष्ट पारेका छन्। सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री यादवले असार महिनामा समेत वैकल्पिक स्रोतहरूबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति गरिने बताएका हुन्।

उनका अनुसार, मेलम्ची खोलाबाट नभएर नजिकैको अन्य खोलाबाट पानी ल्याउने योजना बनाइएको छ। साथै, शिवपुरी लगायतका अन्य स्रोतहरू समेत परिचालन गरी उपत्यकावासीलाई पानीको अभाव हुन नदिइने दाबी गरेका छन्।

बबरमहलमा हालै फुटेको खानेपानीको पाइपबारे मन्त्री यादवले छानबिन समिति गठन गरिएको जानकारी दिए। उनले नेपालमा पाइपको गुणस्तर परीक्षण गर्ने प्रविधि नभएको उल्लेख गर्दै परीक्षणका लागि भारत पठाएकोमा सीमा नजिकै रोकिएको गुनासो गरे।

मन्त्री यादवले खानेपानी सेवा विस्तारमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा शतप्रतिशत लगानी राज्यबाटै हुने बताएका छन्। यद्यपि बजेट अभावका कारण केही समस्या देखिएको उनको भनाइ छ। “देशका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” मन्त्री यादवले बैठकमा भने।

spot_img

ताजा अपडेट

लोकप्रिय