Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा प्रचण्ड गर्मी, घरी–घरी विद्युत कटौतीले जनजीवन अस्तव्यस्त

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ वैशाख । बीरगन्जमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी र बारम्बार बत्ती जाने समस्या गम्भीर रूपमा देखिएको छ। तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्दासँगै विद्युत आपूर्ति ‘झ्याप–झ्याप’ हुन थालेको छ । जसले सर्वसाधारणदेखि व्यवसायिक क्षेत्रसम्म जनजीवनमा प्रत्यक्ष असर पारिरहेको छ।

- Advertisement -

नेपाल विद्युत प्राधिकरण बीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले अत्यधिक तापका कारण फ्यान, एसी र फ्रिजको प्रयोग अत्यधिक बढेपछि ट्रान्सफर्मरमा अतिरिक्त भार परेको जानकारी दिए। यही कारण बारम्बार बत्ती जानुपर्ने अवस्था आएको उनले बताए।

बत्ती नहुँदा वृद्ध, बालबालिका र बिरामीहरू बढी प्रभावित भएका छन्। अस्पताल, होटल र पसलहरूमा फ्रिज नचल्दा खाद्यान्न बिग्रने, औषधिको गुणस्तर घट्ने, र जनस्वास्थ्यमा प्रत्यक्ष असर देखिएको छ।

- Advertisement -

बिजुलीको भोल्टेजमा लगातार उतारचढाव हुँदा घर र कार्यालयका इलेक्ट्रोनिक उपकरणहरूमा समेत खराबी आउन थालेको छ। कम्प्युटरको डेटा हराउने, मोटर वा कम्प्रेसर ड्यामेज हुने, मोबाइल र ल्यापटपको ब्याट्री बिग्रने जस्ता समस्या देखिन थालेका छन्।

प्राविधिकहरूले यस्ता जोखिम न्यूनीकरण गर्न सर्ज प्रोटेक्टर, भोल्टेज स्टेबलाइजर र UPS को प्रयोग गर्न सुझाव दिएका छन्।

कहिले नभएको यो किसिमको विद्युत संकटसँगै, पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइपछि नेतृत्वमा कमजोरी आएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य गरिएको थियो भने अहिले पुनः विद्युत अनियमितता देखिनु चिन्ताजनक बनेको छ।

स्थानीयवासीहरू तत्काल ट्रान्सफर्मर अपग्रेड, लाइन मर्मत तथा लोड व्यवस्थापनको माग गरिरहेका छन्। चर्को गर्मीमा निरन्तर, सुरक्षित र भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता गर्न उनीहरूले सरोकारवाला निकायलाई आह्वान समेत गरेका छन्।

ताजा समाचार

spot_img

थप समाचार