spot_img

दुर्गा प्रसाईंको मुद्दाको सुनुवाइ स्थगित, हेर्दाहेर्दैमा राखियो

spot_img
spot_img

बीरगन्ज,११ जेठ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईं विरुद्धको मुद्दामा सोमबार सुनुवाइ हुन सकेन। समयमै मिसिल अदालतमा पेश नभएका कारण सुनुवाइ प्रभावित भएको हो। अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ।

यसअघि बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने शुक्रबार सर्वोच्च अदालतले थप म्याद नबढाउन आदेश दिएको थियो।

आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो। सो निवेदनमाथिको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो।

प्रसाईंलाई पर्सामा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला प्रहरीले पक्राउ गरेको थियो। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध तथा जातीय र साम्प्रदायिक सद्भावमा असर पुग्ने खालका अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय