spot_img

रास्वपाका सभापति रवि लामिछाने जेठ १८ देखि भारत भ्रमणमा जाने

spot_img
spot_img

काठमाडौं,११ जेठ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्।

पार्टीका एक पदाधिकारीका अनुसार लामिछानेको भ्रमण तय भइसकेको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि भ्रमण जेठ १८ देखि २० गतेसम्म हुने जानकारी दिएको छ। भ्रमणका लागि आवश्यक कूटनीतिक तथा व्यवस्थापकीय तयारी भइरहेको बताइएको छ।
फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा उल्लेख्य बहुमत हासिल गरेको रास्वपाका प्रमुखको हैसियतमा यो लामिछानेको पहिलो विदेश भ्रमण हुन लागेको हो।

यसअघि बालेन्द्र शाह लाई भारत भ्रमणको निम्तो दिइएको थियो। नरेन्द्र मोदी ले टेलिफोनमार्फत बधाई दिँदै भ्रमणको प्रस्ताव गरेका थिए। तर, शाहको भ्रमण अहिलेसम्म तय नभएको अवस्थामा लामिछानेको भ्रमण अघि बढ्नुले राजनीतिक रूपमा चासो बढाएको छ। यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध, कूटनीतिक समन्वय र समसामयिक राजनीतिक सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय