spot_img

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

spot_img
spot_img

बीरगन्ज,११ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। पर्सा प्रहरी का अनुसार प्रसाईंमाथि साइबर अपराध तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा दायर गरिएको हो।

बयान प्रक्रिया पूरा नभएकाले अदालतले उनलाई भोलि मंगलबार पुनः उपस्थित गराउने गरी हालका लागि हिरासतमा राख्ने आदेश दिएको छ। प्रहरीले प्रसाईंलाई जेठ ४ गते बीरगन्ज स्थित दियालो होटलबाट पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा उनले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको, विभिन्न जातजाति तथा सम्प्रदायबीच द्वेष फैलाउने तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेको आरोप लगाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय