‘ओलीविनाको एमाले’ र ‘एमालेविनाको नेपाल’ सम्भव नभएको प्रधानमन्त्रीकाे दाबी

spot_img

काठमाडौं,०९ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिना एमालेको कल्पना गर्नु निरर्थक भएको बताएका छन्। मंगलबार नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ओलीविनाको एमाले’ र ‘एमालेविनाको नेपाल’ सम्भव नभएको दाबी गरे।

प्रधानमन्त्री ओलीले आफू स्वस्थ रहेको र आगामी २०–२५ वर्ष अझै सक्रिय राजनीतिमा रहने बताएका छन्। “कतिपयलाई मेरो उमेर र स्वास्थ्यको चिन्ता छ, तर अहिले म बिरामी छैन। ओलीविनाको एमालेको कल्पना गर्नेहरूको सपना पूरा हुँदैन,” उनले भने।

ओलीले एमाले देशकै मुख्य राजनीतिक शक्ति रहेको उल्लेख गर्दै ‘मिसन २०८४’ बाट पार्टीलाई अझ बलियो बनाएर निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने योजना रहेको बताए।

उनले पार्टी विभाजन गरेर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भएको आरोप पनि लगाए। “समाज बिगार्ने र राष्ट्रलाई कमजोर बनाउने शक्ति कम्युनिष्ट आन्दोलनमाथि षड्यन्त्र गरिरहेका छन्। तर हामीले एमालेलाई फेरि जनताको विश्वास जित्ने पार्टी बनाएका छौं,” प्रधानमन्त्री ओलीले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय