भारतमा टेलिकम सेवा फेरि महँगो हुने सम्भावना

spot_img

काठमाडौं,१० वैशाख । भारतीय दूरसञ्चार कम्पनीहरू रिलायन्स जियो र भारती एयरटेल ले यो वर्षको अन्त्यसम्म आफ्नो सेवा शुल्क १० देखि २० प्रतिशत सम्म बढाउन सक्ने सम्भावना देखिएको छ।

एक अन्तर्राष्ट्रिय ब्रोकरेज कम्पनी बर्नस्टाइन को विश्लेषणलाई उद्धृत गर्दै सार्वजनिक गरिएको रिपोर्टमा, यो सम्भावित शुल्क वृद्धि पछिल्लो ६ वर्षमा चौथो पटक हुने उल्लेख गरिएको छ।

गत वर्ष जुलाईमा, यी कम्पनीहरूले २५ प्रतिशतसम्म सेवा शुल्क बढाएका थिए। मुख्य कारण थियो— ४जी नेटवर्क सुदृढ पार्न र ५जी सेवा विस्तार गर्न ठूलो पूँजीको आवश्यकता।

रिपोर्टअनुसार, रिलायन्स जियो र एयरटेल दुवैको राजस्वमा मजबुत वृद्धि देखिएको छ। ग्राहक संख्या बढेसँगै प्रति प्रयोगकर्ता औसत आम्दानी (ARPU) पनि बढिरहेको छ, जसले कम्पनीको वित्तीय अवस्था सुदृढ गरिरहेको छ।

तर अर्कोतर्फ, भोडाफोन आइडिया (Vi) को आर्थिक अवस्था भने कमजोर छ। यही कारण भारतीय सरकारले Vi मा आफ्नो हिस्सेदारी २२.६% बाट बढाएर ४८.९९% पुर्‍याएको छ। यसले संकेत गर्छ कि सरकार दूरसञ्चार बजारमा प्रतिस्पर्धा कायम राख्न चाहन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय