काठमाडौं, ११ वैशाख । नागार्जुन नगरपालिका-६ स्थित पुरानो ट्याम्पोपार्क नजिकै नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भएकी २७ वर्षीया संगीता मुढवारीको कोठाबाट बुधबार दिउँसो चोरी भएको छ।
चोरी भएका सामाग्रीमा सुनको सिक्री १ थान, तिलहरी १ थान र नगद सहित १ लाख २८ हजार ९ सय ५० रूपैयाँ बराबरको धनमाल रहेको बताइएको छ।
प्रहरीले यस घटनामा संलग्न फरार व्यक्तिको खोजी गरिरहेको छ र आवश्यक अनुसन्धान पनि जारी राखेको छ।

