spot_img

काठमाडौंको माइतीघरमा सहकारी लुट विरुद्ध अर्धनग्न प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१५ बैशाख । सहकारी तथा लघुवित्त पीडितहरूले आफ्ना मागहरू पूरा गराउन सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्।

दिउँसो आयोजित विरोध कार्यक्रममा सहभागीहरूले अर्धनग्न भई आक्रोश व्यक्त गर्दै, “हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौँ” जस्ता नाराहरू लगाएका थिए। उनीहरूले सरकार र सम्बन्धित निकायको बेवास्ताप्रति गम्भीर असन्तोष प्रकट गरे।

पीडितहरूले आफूहरूले भोग्नुपरेको अन्याय र आर्थिक शोषण विरुद्ध आवाज उठाउँदै तत्काल प्रभावकारी समाधानको माग गरेका छन्। उक्त प्रदर्शनले सहकारी तथा लघुवित्त संस्थाहरूसँग जोडिएका समस्याहरूलाई फेरि एक पटक सार्वजनिक चासोको केन्द्रमा ल्याएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय