Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

रिलिफ सोसाइटी अफ कमर्सद्वारा ३४औं स्थापना दिवस तथा बुद्ध जयन्तीमा समाजसेवीहरू समाजसेवीहरू सम्मानित हुने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ बैशाख । सामाजिक क्षेत्रको अग्रणी संस्था रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा यही वैशाख २९ गते एक भव्य औपचारिक कार्यक्रम आयोजना गर्ने भएको छ।

- Advertisement -

कार्यक्रम रिलिफ सोसाइटी भवन, आदर्शनगर (ठा.रा. कलेजपछाडि) मा दिउँसो ४ बजे सुरु हुनेछ। सोसाइटीका अध्यक्ष योगेन्द्र प्रसाद यादवका अनुसार, समाजमा प्रेरणादायी योगदान दिने व्यक्तित्वहरूको सम्मान गर्दै सकारात्मक सोच र सेवा भाव फैलाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो।

यस अवसरमा साहित्य, चिकित्सा, खेलकुद, समाजसेवा तथा महिला उद्यम क्षेत्रका पाँच विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। सम्मानित हुने व्यक्तित्वहरू यसप्रकार छन्: जयकिशोर पाण्डे – साहित्य क्षेत्र, डा. भरत गोइत – चिकित्सा क्षेत्र, सविन बस्नेत, अध्यक्ष, भेटान्स सिटी क्लब, वीरगञ्ज – खेलकुद क्षेत्र, द्या कुमारी सारावगी, अध्यक्ष, उपकार सेवा नेपाल – समाजसेवा क्षेत्र, आरती सिंह – महिला उद्यम क्षेत्र छन ।

- Advertisement -

अध्यक्ष यादवले भने, “हामी प्रत्येक वर्ष समाजमा योगदान पुर्‍याउने अग्रणी व्यक्तित्वहरूको सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि समाजका प्रेरक व्यक्तिहरूलाई सम्मान गरिनेछ।”

कार्यक्रममार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने उद्देश्य पनि राखिएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ। रिलिफ सोसाइटीले यो कार्यक्रममार्फत समाजमा सेवा र योगदानको मूल्याङ्कन गर्ने संस्कृतिको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार