spot_img

एनआरएनएलाई दलगत स्वार्थमा प्रयोग गर्दैन : प्रधानमन्त्री ओली

spot_img
spot_img

काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पार्टीको स्वार्थमा प्रयोग नगर्ने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित एनआरएनए विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एनआरएनएलाई न त दलीय हितका लागि प्रयोग गर्ने न त कुनै गुटगत राजनीति गर्ने भन्दै संगठनलाई केवल नेपाली डायस्पोरा र मुलुकको हितमा प्रयोग गर्ने प्रतिवद्धता जनाए।

“नेकपा एमालेले एनआरएनएलाई दलीय लाभका लागि होइन, समग्र नेपाली डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्नेछ,” प्रधानमन्त्री ओलीले भने।

उनले सबैलाई कानुनी र विधिसम्मत मार्गमा हिँड्न सुझाव दिँदै भने, “यो विधिको युग हो, विधि उल्लंघन गरेर अघि बढ्ने सोच स्वेच्छाचारिता हो। यसले संस्थाको अस्तित्वलाई खतरा पुर्‍याउँछ।”

ओलीले एनआरएनएलाई कुनै पनि राजनीतिक दलको जनवर्गीय संगठन बन्नबाट जोगाउन आह्वान गरे र संगठनले सबै नेपालीहरूको साझा हितका लागि काम गर्नुपर्नेमा जोड दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय