spot_img

एमालेले शुद्धीकरण र पुनर्गठन अभियान सुरु गर्दै, प्रदेशस्तरमा सुझाव संकलन अभियान

spot_img
spot_img

काठमाडौं,३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि सुझाव संकलन अभियान सुरु गरेको छ। यसका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव लिने प्रक्रिया औपचारिक रूपमा थालिएको हो।

गत फागुन २१ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षापछि पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसहित आवश्यक सुधारका लागि कार्यदल गठन गरिएको एमालेले जनाएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान सुरु गरिएको हो। यसैक्रममा प्रदेश संगठन कमिटीको बैठकपछि सरोकारवालासँग छलफल र सुझाव संकलन कार्यक्रम गरिएको उनले जानकारी दिए।

गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको हो।

कार्यतालिकाअनुसार असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी, असार १३ गते मधेस, असार १६ गते राजधानी विशेष प्रदेश र असार १७ गते सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ।

त्यस्तै असार १८ गते जनसंगठन र असार १९ गते केन्द्रीय विभाग प्रमुख तथा विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव लिने कार्यक्रम रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय