spot_img

बीरगन्जमा ‘एमपीएल २०२५’ क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु

spot_img
spot_img

बीरगन्ज,०२ जेठ । बीरगन्जको आदर्शनगर रंगशालामा माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता यही शनिबार (१७ मे) बाट सुरु हुँदैछ। स्व. सुशील कुमार खेतानको स्मृतिमा ग्रीन सिटी सामुदायिक केन्द्रद्वारा आयोजना गरिने यो प्रतियोगिता युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउँदै आयोजकहरूले सहभागी १० टिमका क्याप्टेनहरूको टोलीले आज बीरगन्जका विभिन्न स्थानहरूमा सिलसहित प्रचारात्मक तस्वीर खिचाउँदै प्रतियोगिताको माहोल ताताएका छन्। शनिबार दिउँसो ४ बजे उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिता दिन–रात (डे–नाइट) खेल प्रणालीमा सञ्चालन गरिनेछ, जसले खेलाडी र दर्शक दुवैका लागि नयाँ अनुभव दिने विश्वास आयोजकको छ।

एमपीएल २०२५ को मुख्य उद्देश्य युवा खेलाडीहरूको लुकेका प्रतिभा उजागर गर्नु, सामाजिक एकता र अनुशासनको सन्देश फैलाउनु रहेको बताइएको छ। साथै, दिवंगत सुशील कुमार खेतानप्रति श्रद्धाञ्जली अर्पण गर्दै युवाहरूमा खेलप्रतिको अभिरुचि बढाउने लक्ष्य पनि राखिएको छ। प्रतियोगिता संयोजकका अनुसार सम्पूर्ण खेलहरू प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछन्। अन्तिम दिन उत्कृष्ट टिम, खेलाडी तथा विशेष प्रदर्शन गर्ने प्रतिभाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ। स्थानीयस्तरमै आयोजना गरिने यस्ता प्रतियोगिताहरूले युवा पुस्तालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै समाजमा खेलकुदको महत्व झल्काउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय