Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

तुलसी पौडेललाई ‘स्व. अर्चना...

वीरगंज, असार ६ – पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगंजमा आयोजित...

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

१० महिनामै १२ खर्बभन्दा बढी व्यापार घाटा, आयात बढ्दा घाटा झन् गहिरियो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०८ जेठ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।

- Advertisement -

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा व्यापार घाटा झन्डै ७ प्रतिशतले बढेको छ। गएको आर्थिक वर्षको साउनदेखि वैशाखसम्म व्यापार घाटा ११ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो भने यो वर्ष सोही अवधिमा त्यो बढेर १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको हो।

उक्त अवधिमा देशले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले धेरै हो। यद्यपि निर्याततर्फ भने सुधार देखिएको छ। १० महिनामा नेपालले २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतले वृद्धि हो।

निर्यात वृद्धि उत्साहजनक देखिए पनि आयातको तीव्र वृद्धिले समग्र व्यापार सन्तुलनमा नकारात्मक असर पारिरहेको छ। अर्थशास्त्रीहरू भन्छन्— निर्यातमुखी नीति, स्वदेशी उत्पादनमा लगानी र आयात प्रतिस्थापन रणनीति अवलम्बन नगरेसम्म व्यापार घाटा न्यून गर्न गाह्रो हुन्छ।

ताजा समाचार

spot_img

थप समाचार