सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको बहस सकियो

spot_img

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा लामिछानेको तर्फका वकिलहरुको बहस सकिएको छ ।

आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस सकाएका हुन् । हिजो लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेतर्फका वकिलको बहस सकिएपछि अहिले पूर्वडीआईजी छविलाल जोशीका तर्फबाट बहस सुरु भएको छ । उनको तर्फबाट वरिष्ठ अधिवक्ता शुम्भु थापाले बहस सकाएका छन् । अब अर्का वकिलले बहस गर्ने तयारी गरेका छन् ।

उनीहरुको मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । दुबै तर्फका वकिलहरुको बसह सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि सम्भवतः आजै आदेश आउनसक्ने सम्भावना छ । लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए । यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय