spot_img

भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा सतर्कता

spot_img
spot_img

वीरगन्ज,१४ जेठ । भारतमा कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ। विशेष गरी भारतसँगको प्रमुख नाकाहरुमा सतर्कता अपनाईएको हो । भारतसँग जोडिएको नेपालको प्रमुख प्रवेशद्वारा वीरगन्जकाे शंकराचार्य गेट नजिक हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमार्फत भारतबाट नेपाल प्रवेश गर्ने नागरिक तथा पर्यटकको स्वास्थ्य परीक्षण सुरु गरिएको हो।

स्वास्थ्यकर्मीका अनुसार, हालका लागि हेल्थ डेस्कमा स्काइनि व्यवस्था गरिएको छ जसबाट यात्रुहरूको शरीरको तापक्रम मापन गरिन्छ। साथै, आवश्यक परेमा कोरोना परीक्षण किटको पनि तयारी गरिएको जनाइएको छ।

बुधबार बिहान भारतबाट ३५ जना यात्रुहरू बोकेको बस नेपाल प्रवेश गरेको थियो। परीक्षणका क्रममा कुनै यात्रुमा कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएको छैन। हेल्थ डेस्कमा खटिएकी एक स्वास्थ्यसेविकाले जानकारी दिँदै भनिन्, ‘जबजब भारतबाट बस वा भ्यान आउँछ, हामी नियमित रूपमा यात्रुहरूको स्वास्थ्य परीक्षण गर्छौं। अहिलेका लागि सतर्कता अपनाइएको छ ।’

नेपाल–भारत खुला सिमानाका कारण जोखिम उच्च हुने भएकाले नाकाहरुमा निगरानी बढाईएको छ । वीरगन्ज नाका देशको एक प्रमुख प्रवेशद्वार भएकाले यहाँ विशेष सतर्कता अपनाइएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय