spot_img

काठमाडौंमा इजरायल–इरान युद्ध रोक्न प्रदर्शन

spot_img
spot_img

काठमाडौं,०४ असार । मानव अधिकार तथा शान्ति समाजले इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै बुधबार काठमाडौंस्थित इजरायली दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले पश्चिम एसियामा जारी तनाव तत्काल अन्त्य गरी विश्वमा शान्ति कायम गर्नुपर्ने जोड दिएका छन्।

प्रदर्शनकारीहरूले युद्धका कारण विश्व शान्तिमा ठूलो खतरा बढेको भन्दै यसलाई तुरुन्त अन्त्य गर्न सरकार र अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन्। इजरायलले गत जुन १३ मा ‘अपरेसन राइजिङ लायन’ नामक सैन्य अभियान गर्दै इरानमाथि आक्रमण सुरु गरेको थियो, जसले क्षेत्रीय तनावलाई थप उकासेको छ।

मानव अधिकार तथा शान्ति समाजले जारी द्वन्द्वले मानव जीवनमा गम्भीर असर पर्ने भन्दै सबै पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय