इरान–इजरायल युद्धविराममा सहमति भएको ट्रम्पको दाबी

spot_img

काठमाडौं,१० असार । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच पूर्ण युद्धविराममा सहमति भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत बोल्दै ट्रम्पले “पूर्ण र सम्पूर्ण युद्धविराम” अबको ६ घण्टापछि लागू हुने बताएका हुन्।

उनका अनुसार दुबै देशले क्रमशः आफ्ना सैन्य गतिविधिहरू घटाउने प्रतिबद्धता जनाएका छन् र आगामी २४ घण्टाभित्र औपचारिक रूपमा युद्ध समाप्त हुनेछ।

यद्यपि ट्रम्पको यो दावी यथार्थमा कति विश्वसनीय छ भन्नेबारे अन्य पक्षहरूले अझै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। इरान र इजरायल सरकार दुवैले युद्धविरामका बारेमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

यसअघि सोमबार इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा हमला गरेको थियो। उक्त हमलामा मानवीय क्षति नभएको अमेरिकी पक्षले जनाएको छ।

युद्धविरामको ट्रम्पद्वारा गरिएको एकल दाबीले अन्तर्राष्ट्रिय समुदायमा चासो त बढाएको छ, तर आधिकारिक पुष्टि नआएसम्म यसको कार्यान्वयनप्रति आशंका कायमै छ।

spot_img

ताजा अपडेट

लोकप्रिय