बिहारबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, एक नेपालीसहित ५० भन्दा बढी घाइते

spot_img

काठमाडौं,१२ असार । भारतको बिहारबाट दिल्ली जाँदै गरेको यात्रुबाहक स्लीपर बस दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक नेपाली नागरिक समेत रहेका छन्।

बिहारको दरभंगाबाट दिल्लीतर्फ गइरहेको बस उत्तर प्रदेशको लखनऊस्थित आग्रा एक्सप्रेसवेमा ट्रकसँग ठोक्किएपछि सडकबाट झन्डै ३० फिट तल खस्दा दुर्घटना भएको हो।

बसमा करिब ६०–६५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ। घाइतेहरूको उपचार सैफई मेडिकल इन्स्टिच्युटमा भइरहेको छ।

दुर्घटनाको कारण बस चालकको लापरवाही रहेको बताउँदै उपचाररत घाइतेहरूका अनुसार चालक तीव्र गतिमा गाडी चलाइरहेका थिए। प्रहरी र उद्धार टोली घटनास्थल पुगेपछि तत्काल घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय