Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बाराको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट, एक जना मजदुर घाइते,आगो नियन्त्रणमा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, १९ असार – बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको फलाम पगाल्ने भट्टीमा बुधबार राति ठूलो विस्फोट भएको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार, राति करिब ९:१५ बजे भट्टीमा अचानक विस्फोट भएको हो। विस्फोटपछि ठूलो आवाजसहित आगोका मुस्ला देखिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

- Advertisement -

विस्फोटपछि प्रहरीको टोली तत्काल घटनास्थलमा खटिएको र प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, क्षतिको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। स्थानीय स्रोतहरूका अनुसार, विस्फोटका कारण केही मजदुर घाइते भएको आशंका गरिएको छ भने जलेको खबरहरू पनि आएका छन्। तर मानवीय क्षति पुष्टि भइनसकेको र विस्फोटको कारणबारे पनि औपचारिक जानकारी आइसकेको छैन। बिस्फोटमा केहि मजुदहरु हाताहात भएको तथा जलेर घाइते भएको अपुष्ट खबरहरु आइरहेको भएपनि हालसम्म क्षतीको एकिन बिवरण र बिस्फोटको कारण बारे स्थानिय प्रशासनले केहि खुल्लाएको छैन् । स्थानिय एक जना संचारकर्मीका अनुसार आगो अहिले नियन्त्रमा आइसकेको तथा आगोले पोलेर एक/दुई जना मजदुर घाइते भएका छन् । उद्योग क्षेत्रको अवस्था अहिले समान्य रहेको छ ।

घटनास्थल आसपासको क्षेत्रमा भूकम्प आएको जस्तो अनुभव भएको स्थानीयले बताएका छन्। विस्फोट भएको उद्योगको उक्त शाखामा सामान्यतः १५ देखि २० जना मजदुर काम गर्ने गरेका थिए। तर उनीहरूको अवस्था कस्तो छ भन्नेबारे प्रशासनले हालसम्म केही स्पष्ट पारेको छैन। उद्योग स्रोतका अनुसार, फलाम गाल्ने भट्टी १२०० देखि १५०० डिग्री तापक्रममा सञ्चालनमा रहन्छ। त्यहाँ कार्यरत अधिकांश मजदुरहरू भारतीय नागरिक भएको जनाइएको छ। उद्योग प्रशासनले भने विस्फोटमा एक जना मजदुर सामान्य घाइते भएको दाबी गरे पनि, थप मानवीय क्षति भएको छैन भन्ने जनाएको छ। यद्यपि, स्थानीय पत्रकारहरूले प्रशासनमाथि घटना ढाकछोप गर्न खोजेको र सूचना नदिएको आरोप लगाएका छन्।

ताजा समाचार

spot_img

थप समाचार