Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

खर्च विधेयक पास भएपछि अमेरिका रकेटकै गतिमा चल्ने ट्रम्पको दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वाशिङ्टन,२० असार – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित गरेको छ।

संसदमा भएको मतदानमा २१८ मतका साथ सो विधेयक पास भएको हो। विधेयकको विपक्षमा २१४ मत परेको थियो। यसअघि सिनेटमा यो विधेयक उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतको साथमा पास भएको थियो। अमेरिकी घरेलु राजनीतिमा यसलाई राष्ट्रपति ट्रम्पको ठुलो जितको रूपमा हेरिएको छ।

काँग्रेसको बजेट कार्यालयका अनुसार यो विधेयकले १० वर्षमा तीन दशमलव ३ ट्रिलियन अमेरिकी डलर थप घाटा हुनेछ। साथै दशौँ लाखको स्वास्थ्य सुविधामा यसले असर गर्ने छ।

ट्रम्पले भने यो विधेयक आएपछि देश रकेटको गतिमा अघि बढ्ने बताए। ४ जुलाइमा आयोजना हुने समारोहमा उनले कानुनको रूपमा हस्ताक्षर गर्ने जनाइएको छ।

यसअघि ट्रम्पकै दल रिपब्लिकका धेरै सांसदले विधेयकको विरोधमा आवाज उठाउँदै आएका थिए । विधेयक पारित गर्ने समयमा भने दुई जना बाहेक अन्य सबैले उनलाई साथ दिएका छन्।

ताजा समाचार

थप समाचार