spot_img

बारामा चैते धान उत्पादन बढ्यो

spot_img
spot_img

बीरगन्ज,२५ असार । बाराका किसानले यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले दिएको जानकारीअनुसार किसानले १८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धान खेती गरेका थिए।

गत वर्ष १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो, जसअनुसार यस वर्ष खेती गरिएको क्षेत्रफलमा वृद्धि भएको कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए। उत्पादित धान किसानहरूले कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० रुपैयाँमा बिक्री गरिरहेका छन्। गत वर्ष भने चैते धान प्रतिक्विन्टल तीन हजार रुपैयाँको दरले बिक्री भएको थियो, जसअनुसार यस वर्ष धानको मूल्यमा गिरावट आएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय