काठमाडौं,२८ असार । एयर इन्डिया फ्लाइट १७१ को भीषण दुर्घटनाबाट भारतको अहमदाबादस्थित एक घना बस्तीमा रहेका पाँचवटा घर पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ।
घटना गत जुन १२ तारिखका दिन भएको थियो, जब विमान अवतरणका क्रममा जमिनमा रहेका घरहरूसँग ठोक्कियो र त्यसपछि आगो लागेर पूरै नष्ट भयो। प्रारम्भिक अध्ययन अनुसार घरहरूमा ठोक्किएपछि आगलागी भएको र त्यसले ठूलो क्षति पुर्याएको उल्लेख गरिएको छ।
यो दुर्घटनामा जमिनमै रहेका करिब ३० जनाले ज्यान गुमाएको आशंका गरिँदै आएको छ। मृतक संख्याबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को नियमअनुसार कुनै पनि हवाई दुर्घटनापछि ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार भारतीय उड्डयन अधिकारीहरूले यो प्रतिवेदन सार्वजनिक गरेका हुन्।
हाल घटनास्थलमा राहत तथा पुनर्निर्माण कार्य जारी रहेको जनाइएको छ भने विस्तृत अनुसन्धान प्रतिवेदन आउन अझै समय लाग्नेछ।



