अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

spot_img

काठमाडौं,३१ असार । अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ। शनिवार राति आएको हुरी र भारी वर्षाका कारण गाडी अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली को ज्यान गएको स्थानीय प्रहरी स्रोतले जनाएको छ। दुबै नेपाली नागरिक लुइसियाना टेक युनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत थिए।

घटनास्थलमा उनीहरू सवार होन्डा एकर्ड गाडीमा अन्य दुई जना पनि रहेका थिए, जो घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। घाइतेको अवस्था गम्भीर नभएको बताइएको छ।

दुर्घटना जुलाई १३ शनिबार राति करिब ९ बजे, लुइसियाना राज्यको राजमार्ग ५०७ र अमेरिकी राजमार्ग ८० को पश्चिम क्षेत्रमा भएको थियो। प्रहरी अनुसन्धानका अनुसार वर्षा र हुरीका कारण गाडी सडकबाट चिप्लिएर रुखमा ठोक्किएको हो।

लुइसियाना स्टेट पुलिस टिम एफ घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। मृतक नेपाली विद्यार्थीहरूको नेपालस्थित ठेगाना र परिवारको जानकारी अझै खुलाइएको छैन।

घटनाले अमेरिकी नेपाली समुदाय र विद्यार्थीहरूमा शोकको लहर फैलिएको छ। विश्वविद्यालय र नेपाली विद्यार्थी संघले दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय