बंगलादेशमा एनसीपी समर्थक र सुरक्षाबलबीच झडप, चारको मृत्यु

spot_img

काठमाडौं,०१ साउन । बंगलादेशमा हिंसात्मक झडपका कारण चार जनाको ज्यान गएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगन्जमा नेशनल सिटिजन पार्टी (एनसीपी) का समर्थक र सुरक्षाबलबीच बुधबार भएको झडपपछि अवस्था तनावपूर्ण बनेको हो।

छात्र आन्दोलनबाट उदाएको एनसीपीले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरी र शेख हसिनाका समर्थकसँगको भीडन्त रणमैदानमा परिणत भयो। स्थानीय मिडियाका अनुसार झडपका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्। चिकित्सकहरूले मृतकहरूको शरीरमा गोली लागेको पुष्टि गरेका छन्।

शेख मुजीबुर रहमानको छोरी तथा पूर्वप्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने समूह र एनसीपी समर्थकबीचको राजनीतिक द्वन्द्वले झडप चर्किएको हो। गत वर्ष हसिनाको सरकारले विद्यार्थी आन्दोलन चर्किएपछि सत्ता छाड्नुपरेको थियो। त्यसै आन्दोलनका अगुवाहरूले फेब्रुअरीमा एनसीपी गठन गरेका थिए।

झडपपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले गोपालगन्ज क्षेत्रमा कर्फ्यू घोषणा गरेका छन्। साथै हिंसा भड्काउनेहरूलाई कानुनी कारबाहीबाट नछुटाइने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्, “शान्तिपूर्ण ¥यालीमाथि आक्रमण गरियो। दोषीलाई कुनै छुट दिइने छैन।”

युनुसले हिंसाको जिम्मा पूर्वसत्तारूढ अवामी लिग र यसको विद्यार्थी संगठनमाथि लगाएका छन्। उता, हसिनाका समर्थकहरूले भने एनसीपीलाई उग्र राजनीतिक हर्कतका लागि दोष दिँदै आएका छन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय