बीरगन्ज,१५ साउन । पर्साको पोखरिया नगरपालिकामा जागीरबाट निकालिएका कर्मचारीहरु आन्दोलित भएका छन् ।
पोखरिया नगरपालिकाले ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि जागीरबाट हटाएको थियो ।जागीरबाट हटाइएका ती कर्मचारीहरुले आँफुले काम गरेबापतको १ वर्षको तलबसुविधा र नियुक्ती गर्दाका बखत दिइएको करम फिर्ताको माग गर्दै आन्दोलन थालेका हुन् ।
बिहीबार राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय राजनीतिक समिति सदस्य निजामुदिन समानीको अगुवाईमा उनिहरुले पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानलाई चार बुँदे मागसहितको ज्ञापनपत्र पनि बुझाएका छन् ।
नियुक्तिपत्र दिदाका बखत गैरकानुनी रुपमा लिइएको रकम फिर्ता गर्नुपर्ने, जागीर अवधिसम्मको तलबभत्ता उपलब्ध गराउनुपर्ने , आगामी दिनमा आँफुहरुलाई रोजगार दिनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र उनिहरुले मेयर चौहानलाई बुझाएका हुन् ।
माग एक महिनाभित्र पुरा नगरिएको खण्डमा नगरपालिकाविरुद्ध भण्डाफोर अभियानका साथ अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनपनि उनिहरुले दिएका छन् ।

