spot_img

चीनको बेइजिङमा आएको बाढीले नर्सिङ होममा ३१ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं,१६ साउन । चीनको राजधानी बेइजिङको बाहिरी इलाकामा रहेको एक नर्सिङ होममा आएको बाढीले ३१ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बताएका छन्। यस दुखद घटनामा नर्सिङ होमभित्र रहेका अधिकांश वृद्धवृद्धाले ज्यान गुमाएका हुन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार, बाढी आउँदा नर्सिङ होममा करिब ७७ जना वृद्धवृद्धा थिए। पानीको सतह ६ फिटसम्म बढेपछि तीमध्ये ४० जना फसेका थिए। आपतकालीन टोलीले मियुन जिल्लाको उक्त घरबाट मानिसहरूलाई उद्धार गर्न निकै संघर्ष गरेको फुटेजमा देखाइएको छ।

बाढीमा ज्यान गुमाउनेहरूमध्ये अधिकांश वृद्धवृद्धा हिँडडुल गर्न नसक्ने अवस्थामा थिए। स्थानीय अधिकारीहरूले “आपतकालीन योजनामा धेरै कमजोरीहरू भएको” स्वीकार गर्दै यो घटनाबाट पाठ सिक्ने बताएका छन्। यस बाढीमा परी बेइजिङमा कुल ४४ जनाको मृत्यु भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय