अमेरिकाको मोन्टानामा बारभित्र गोलीकाण्ड, ४ जनाको मृत्यु 

spot_img

काठमाडौं,१७ साउन । अमेरिका फेरि एकपटक सामूहिक गोलीकाण्डको घटनाले थरथराएको छ। मोन्टाना राज्यको एक बारमा शुक्रबार बिहान भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्थानीय समय अनुसार बिहान १०:३० बजे मोन्टानाको एनाकोन्डा सहरस्थित ‘द आउल बार’ मा अचानक गोली चल्दा बारमा उपस्थित चार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले पुरै क्षेत्र नाकाबन्दी गरी शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ।

मोन्टाना क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्टका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गरिएको छ। प्रहरीका अनुसार ४५ वर्षीय माइकल पाउल ब्राउनले बारभित्र अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनी घटनास्थलनजिकै बसोबास गर्दै आएका थिए।

प्रहरी स्रोतका अनुसार एक विशेष स्वाट टिम ब्राउनको घरमा प्रवेश गरी तलासी लिएको छ। उनलाई पक्राउ गर्न व्यापक सर्च अपरेशन चलाइएको छ, भने घटनाको कारण र पृष्ठभूमि अनुसन्धानको क्रममा रहेको अधिकारीहरूले बताएका छन्।

अमेरिकामा सार्वजनिक स्थलहरूमा बारम्बार हुने यस्ता गोलीकाण्डले नागरिकको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। बार, विद्यालय, सपिङ मल, सडक — कुनै ठाउँ सुरक्षित छैन भन्ने जस्तो अवस्था बन्दै गएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय