spot_img

पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारणले ३१ अगस्टसम्म इन्टरनेट बन्द

spot_img
spot_img

काठमाडौं,२३ साउन । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा जोखिमका कारण मोबाइल इन्टरनेट सेवा ३१ अगस्टसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। बीबीसी उर्दू सेवा अनुसार, क्वेटासहित सम्पूर्ण बलुचिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको हो।

सरकारका एक उच्चपदस्थ अधिकारीले नाम नखुलाउने शर्तमा बीबीसीसँग कुरा गर्दै इन्टरनेट बन्दको पुष्टि गरेका छन्। उनका अनुसार हालसालै सम्भावित आतंकवादी गतिविधिको चेतावनीपछि सुरक्षाका लागि यस्तो निर्णय लिइएको हो।

“प्रान्तभरि सुरक्षा सतर्कता उच्च बनाइएको छ। आतंकी घटनाको आशंका भएकाले मोबाइल इन्टरनेट सेवा ३१ अगस्टसम्मका लागि निलम्बन गरिएको हो,” अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बलुचिस्तानमा यसअघि पनि केही ठाउँमा अस्थायी रूपमा इन्टरनेट बन्द गरिएको भए पनि, सम्पूर्ण प्रान्तभर यसरी लामो समयका लागि इन्टरनेट सेवा बन्द गरिएको यो पहिलो पटक हो।

प्रान्तमा लामो समयदेखि विद्रोही गतिविधि, जातीय संघर्ष र आतंकवादी हमलाका कारण सुरक्षा चुनौती उच्च रहँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय