गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

spot_img

काठमाडौं,२५ साउन । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ भने कुल मृत्यु संख्या २१२ पुगेको छ, जसमा ९८ बालबालिका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा इजरायली सैन्य आक्रमणमा कम्तीमा ३८ जनाको ज्यान गएको छ भने ४९१ जना घाइते भएका छन्।

गाजामा मानवीय संकट गम्भीर बन्दै गएको छ। इजरायलले गाजा सहरको नियन्त्रण लिने औपचारिक घोषणा गरेको छ र गाजावासीलाई आगामी ७ अक्टोबर २०२५ सम्म शहर खाली गर्न निर्देशन दिएको छ।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले पाँचवटा ‘सिद्धान्त’ सहित युद्ध अन्त्यका लागि नयाँ योजना अनुमोदन गरेको छ, जसमा ‘गाजामाथि सुरक्षा नियन्त्रण कायम राख्नु’ मुख्य उद्देश्य रहेको छ। मानवअधिकारवादी र अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय