अमेरिकाको टेक्ससमा गोलीकाण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु

spot_img

काठमाडौं,२६ साउन ।  अमेरिकाको टेक्सस राज्यस्थित डालास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपाली सदस्यको मृत्यु भएको छ। स्थानीय प्रहरीले जनाएको छ कि ५३ वर्षीय ललित प्रधानले आफ्नी पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षे छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेपछि आफैंले आत्महत्या गरेका हुन्।

घटनास्थल टेक्ससको डडली स्ट्रिटको १९०० ब्लकमा शनिबार बिहान २ बजेर १० मिनेटको आसपास भएको थियो। प्रहरीका अनुसार, ललित प्रधान लामो समयदेखि मानसिक दबाब (डिप्रेसन) को औषधि सेवन गर्दै आएका थिए।

घटनाको एक दिनअघि उनले फेसबुकमा आफू तनावमा रहेको र सरकारी सेवाबाट वञ्चित भएको गुनासो गरेका थिए। उनले लेखेका थिए, “मैले र मेरो परिवारले सरकारी सेवाहरू प्राप्त गर्न सकेका छैनौं, जसका कारण हामीले कडा संघर्ष गर्नुपरेको छ।”

नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले प्रहरीसँग समन्वय गरी शव नेपाल पठाउने तयारी भइरहेको बताए। प्रारम्भिक जानकारी अनुसार, ललित भुटानी शरणार्थी र रञ्जना नेपाली नागरिक हुन्।

यसअघि दुई महिनाअघि अमेरिकाको भर्जिनियामा पनि यस्तै घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको थियो, जुन हत्यापछि आत्महत्या भएको घटनाका रूपमा चिनिएको थियो।

यो घटना नेपाली समुदायमा ठूलो शोक र चिन्ता फैलाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय