दिल्लीमा राहुल गान्धी नेतृत्वमा विपक्षी सांसदहरू प्रहरी हिरासतमा

spot_img

काठमाडौं,२६ साउन । भारतको राजधानी दिल्लीमा विपक्षी दलका सांसदहरू संसददेखि निर्वाचन आयोग कार्यालयसम्म मार्च गरिरहेका बेला प्रहरीको हस्तक्षेपपछि हिरासतमा परेका छन्। विरोध मार्चको नेतृत्व लोकसभाका विपक्षी नेता राहुल गान्धीले गरेका थिए।

राहुल गान्धीसहित दर्जनौं विपक्षी सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोध प्रदर्शन सुरु भएपछि यातायात भवन नजिकै प्रहरीले अवरोध गरेपछि सांसदहरू धर्नामा बसेर नारा लगाउन थालेका थिए।

हिरासतमा रहँदा राहुल गान्धीले भने, “हामी बोल्न पाउँदैनौं, तर यो लडाई राजनीतिक मात्र होइन, संविधान बचाउने संघर्ष हो। हामी एक व्यक्ति एक मतको अधिकार सुनिश्चित गर्न स्वच्छ मतदाता सूचीको माग गर्दैछौं।”

विरोध र्‍यालीमा राहुल गान्धीका अलावा उनकी बहिनी प्रियंका गान्धी, डिम्पल यादव, महुआ माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायतका विपक्षी नेताहरू सहभागी थिए।

यो विरोध प्रदर्शन भारतको निर्वाचन प्रक्रिया र मतदाता सूचीमा पारदर्शिता सुनिश्चित गर्न भन्दै भइरहेको छ, जसले राजनीतिक माहोलमा नयाँ तनाव सिर्जना गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय