उत्तराखण्डको बाढीमा २६ नेपाली बेपत्ता, खोजी कार्य तीव्र

spot_img

काठमाडौँ,२७ साउन । भारतको उत्तराखण्डमा गएको हप्ताको भीषण बाढीमा २६ जना नेपाली बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार उत्तरकाशीको धराली क्षेत्रमा २१ र पौडीगढवालको बंकुरामा ५ नेपाली सम्पर्कविहीन भएका छन्।

धरालीमा बेपत्ता हुनेमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर रहेका छन्।

पौडीगढवालमा बेपत्ता हुनेमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विकको नाम दूतावासले सार्वजनिक गरेको छ।

गत मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गअन्तर्गत पर्ने धराली बजार पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। यहाँका होटल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू बाढीमा परेको अनुमान छ।

धराली क्षेत्रमा टेलिफोन र विद्युत सेवा सुचारु भएपछि स्थानीय प्रशासन र उद्धार टोलीले खोजी कार्यलाई तीव्र बनाएको दूतावासले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय