भारतमा तीर्थयात्री बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

spot_img

काठमाडौं,२९ साउन । भारतको राजस्थान राज्यमा पिकअप भ्यान र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृतकमध्ये सात जना बालबालिका र चार जना महिला छन्।

प्रहरीका अनुसार सबै यात्री पिकअप भ्यानमा सवार थिए। भ्यानले पार्किङ गरिएको ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटना बुधबार बिहान ४ देखि ५ बजेको बीचमा मनोहरपुर नजिकै भएको थियो।

दौसा जिल्ला प्रहरीले पीटीआईलाई जानकारी दिँदै बताएअनुसार, ती तीर्थयात्रीहरू खाटुश्याम र सालासर बालाजी मन्दिरको दर्शन गरेर उत्तर प्रदेशको एटाह फर्किरहेका थिए। पिकअप भ्यानमा २० भन्दा बढी मानिस सवार थिए र राजमार्गको सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई भ्यानले ठक्कर दिएको थियो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक महिलाको एसएमएस अस्पताल लैजाने क्रममा निधन भएको हो। घाइतेहरूको अस्पतालमा उपचार जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय