परमाणु धम्की अब सहिँदैनः भारतीय प्रधानमन्त्री मोदी

spot_img

काठमाडाैं,३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अब परमाणु धम्की सहेर बस्ने अवस्था नसकेको स्पष्ट पारेका छन्। शुक्रबार भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा राष्ट्रलाई सम्बोधन गर्दै उनले पाकिस्तानतर्फ इङ्गित गर्दै यस्तो चेतावनी दिएका हुन्।

अपरेसन ‘सिन्दूर’मा भारतीय सेनाले देखाएको वीरतालाई स्मरण गर्दै मोदीले भने, “भारतले अब निर्णय गरिसकेको छ— हामी कुनै पनि परमाणु धम्की वा ब्ल्याकमेलिङ स्वीकार गर्ने छैनौं।”

सम्बोधनका क्रममा मोदीले भारतका नदीको पानी दुश्मन मुलुकका खेत सिँचाइमा प्रयोग भइरहेको उल्लेख गर्दै ‘रगत र पानी एकसाथ बग्न सक्दैन’ भन्ने अडान दोहोर्याए। उनले भने, “भारतीय नदीमाथि भारतीय किसानको अधिकार छ। सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो, राष्ट्रहितका दृष्टिले हामीलाई यो स्वीकार्य छैन।”

spot_img

ताजा अपडेट

लोकप्रिय