कुवेतमा विषाक्त मदिराबाट १० नेपालीको मृत्यु

spot_img

काठमाडौँ,३१ साउन । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार, अन्य ३० देखि ३५ जना नेपाली उपचाररत छन्, जसमा केहीको अवस्था गम्भीर छ।

कुवेतको स्वास्थ्य मन्त्रालयका तथ्यांकअनुसार, विषाक्त मदिरा सेवनपछि १६० जना बिरामी परेका थिए। तीमध्ये २३ जनाको मृत्यु भएको छ, जसमा १० जना नेपाली र बाँकी अन्य एसियाली मुलुकका नागरिक छन्।

दूतावासका अनुसार, अस्पतालमा भर्ना भएका ३५ जना नेपालीमध्ये केहीको उपचार जारी छ भने केहीको मृत्यु भइसकेको छ। कुवेतस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा पीडितहरूको अवस्थाबारे निगरानी गरिरहेको र आवश्यक सहयोगका लागि सम्पर्कमा रहेको उल्लेख गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय