काठमाडौं,०१ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।
नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आउने मिश्रीले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल–भारतबीचको सम्बन्धलाई भारतको छिमेकी पहिलो नीति अन्तर्गत उच्च प्राथमिकतामा राखिएको र सहकार्यका विभिन्न क्षेत्रमा हालसालै ठोस प्रगति भएको उल्लेख छ।
परराष्ट्र मन्त्रालयका अनुसार मिश्रीले यही भदौ ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि आधिकारिक निमन्त्रणा दिने कार्यक्रम छ।

