अमेरिका सरकारले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

spot_img

काठमाडौं,०३ भदाै । अमेरिकी विदेश मन्त्रालयले विभिन्न कानुनी उल्लंघनमा संलग्न भएको आरोपमा ६ हजारभन्दा बढी विदेशी विद्यार्थीहरूको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थी आपराधिक गतिविधि—जस्तै लागूपदार्थ सेवनपछि गाडी चलाउने, चोरी तथा अन्य गैरकानुनी कार्यमा संलग्न—थिएको पाइएको छ। बाँकी भिसाहरू पनि विविध कानुनी कारण देखाउँदै रद्द गरिएको हो।

त्यसमध्ये २०० देखि ३०० विद्यार्थीको भिसा अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐन (INA) को धारा ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित घटनामा संलग्न भएको आशंकामा खारेज गरिएको बताइएको छ।

बीबीसीका अनुसार, यो कदम तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी नीतिसँग जोडिएको हो, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समेत निगरानी र कारबाहीको दायरामा ल्याएको थियो। त्यस्तै, प्यालेस्टाइन समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीमाथि यहूदीविरोधी गतिविधिको आरोप लगाउँदै भिसा रद्द गरिएको उल्लेख छ।

यस कदमपछि अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत विदेशी विद्यार्थीबीच भिसा सम्बन्धी अनिश्चितता र चिन्ता थपिएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय