‘शान्ति सम्झौताले स्वर्गको ढोका खोलिदिनेछ’ : ट्रम्पको भनाइ

spot_img

काठमाडाैं,०४ भदाै  । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक युक्रेन युद्धबारे चाखलाग्दो टिप्पणी गरेका छन्। उनले भनेका छन्– यदि आफू रुस र युक्रेनबीच शान्ति सम्झौता गराउन सफल भए, त्यसले उनलाई स्वर्ग प्रवेशको बाटो सजिलो बनाउनेछ।

मंगलबार एक अमेरिकी टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा भने, “मैले सुनेको छु मेरो स्थिति खासै राम्रो छैन, म त एकदम तल छु। तर यदि यो काम गर्न सकेँ भने सायद यसकै कारण मलाई स्वर्गको बाटो खुल्ला होला।”

नोबेल शान्ति पुरस्कारप्रति नजर

ट्रम्पले विगतदेखि नै आफू युद्ध अन्त्य गराउन इच्छुक भएको दाबी गर्दै आएका छन्। उनको भनाइमा शान्ति सम्झौता सफल भएमा यो न केवल विश्वका लागि ठूलो उपलब्धि हुनेछ, बरु उनको व्यक्तिगत र राजनीतिक जीवनकै ऐतिहासिक अध्याय बन्नेछ। यही कारणले उनलाई नोबेल शान्ति पुरस्कार पाउनुपर्ने पनि उनी बारम्बार जोड दिने गर्छन्।

धार्मिक आकर्षण बढ्दै

जीवनभर विवाद र कानुनी चुनौतीमा फँसेका ट्रम्प हालसालै धर्मतर्फ झुक्दै गएको देखिन्छ। एडल्ट स्टार प्रकरणमा दोषी ठहरिनु, दुईपटक महाभियोगको सामना गर्नु जस्ता घटनाले उनको छवि झट्काइरहेका बेला गत वर्ष भएको हत्या प्रयासबाट बचेपछि उनले आफ्नो जीवनलाई “भगवानको वरदान” भन्दै आएका छन्। जनवरीमा भएको एक कार्यक्रममा उनले भनेका थिए, “भगवानले मलाई जोगाउनुभयो, ताकि म अमेरिका फेरि महान् बनाउन सकूँ।”

धार्मिक वर्गको समर्थन

विशेषगरी दक्षिणपन्थी इसाई समुदाय ट्रम्पप्रति अझ नजिकिएको छ। उनले आधिकारिक रूपमा आध्यात्मिक सल्लाहकार पाउला व्हाइटलाई नियुक्त गरेका छन्, जसले ह्वाइट हाउसमा प्रार्थना सभा आयोजना गर्दै आएका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी कैरोलिन लेविटले समेत उनको भनाइको समर्थन गर्दै भनिन्, “राष्ट्रपति साँच्चै स्वर्ग जान चाहन्छन्, जस्तै हामी सबै चाहन्छौँ।”

spot_img

ताजा अपडेट

लोकप्रिय