श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे पक्राउ

spot_img

काठमाडौं,०६ भदाै । श्रीलंकाका पूर्वराष्ट्रपति रणिल विक्रमासिंघे पक्राउ परेका छन्। क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआईडी)ले उनलाई पक्राउ गरेको छ, भने यो समाचार हिन्दुस्तान टाइम्सले जनाएको छ।

सरकारी अनुसन्धान अधिकारीहरूले विक्रमासिंघे माथि सन् २०२३ मा लन्डनस्थित युनिभर्सिटी अफ उल्भरह्याम्प्टनमा प्रोफेसर रहेकी उनकी पत्नी मैथ्री विक्रमासिंघेको दीक्षान्त समारोहमा भाग लिन जाँदा सरकारी कोषको दुरुपयोग गरी भ्रमण खर्च गरेको आरोप लगाएका छन्।

हालसम्म प्रहरीले पक्राउको औपचारिक घोषणा गरेको छैन, र विक्रमासिंघेको कार्यालयले पनि कुनै प्रतिक्रिया दिएको छैन। तथापि, श्रीलंकाली संचारमाध्यमले जनाएको छ कि उनलाई हिरासतमा राखेर चार घन्टाभन्दा लामो बयान लिइएको छ।

७६ वर्षका विक्रमासिंघे श्रीलंकामा ६ पटक प्रधानमन्त्री भइसकेका राजनीतिज्ञ हुन्। उनी कानुन व्यवसायी पनि हुन् र सन् १९७८ मा मात्र २९ वर्षको उमेरमा युवा मन्त्री बनेका थिए। १९९४ मा उनी संयुक्त राष्ट्रिय पार्टीको प्रमुख भइसकेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय