उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

spot_img

काठमाडौं,११ भदाै  । सरकारले उखु किसानलाई दिने प्रोत्साहन तथा अनुदानको रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख रुपैयाँभन्दा बढी निकासा गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सीधै किसानको बैंक खातामा बिहीबारसम्म जम्मा हुनेछ।

मन्त्रिपरिषद्ले यसपटक उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ मात्र अनुदान दिने निर्णय गरेको थियो। यसअघि किसानले प्रतिक्विन्टल ७० रुपैयाँसम्म प्रोत्साहन पाउँदै आएका थिए। मन्त्रालयले पुरानै दर कायम गर्ने प्रस्ताव लगेको भए पनि आर्थिक अवस्था र प्राथमिकताको आधारमा रकम घटाइएको हो।

अनुदान वितरण ढिलाइ भएपछि किसानले काठमाडौंमा आन्दोलन चर्काउँदै आएका थिए। सोहीबीच सिंहदरबारस्थित मन्त्रालयमा किसान र सरकारी प्रतिनिधिबीच वार्ता पनि भएको छ।

वार्तामा मन्त्रालयतर्फ कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंह, उपसचिवहरू लालकुमार श्रेष्ठ र मणिरत्न अर्यालसहित उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी थिए भने किसानतर्फ श्यामबाबु रायलगायतको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय