आजदेखि भारतीय सामानमा ५०% अमेरिकी भन्सार लागू

spot_img

काठमाडौ,११ भदौ । अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत भन्सार थप्दै कुल शुल्क ५० प्रतिशत पुर्‍याएको छ। नयाँ शुल्क बुधबार भारतीय समय अनुसार बिहान ९:४५ बजेदेखि औपचारिक रूपमा लागू भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ।

यसअघि भारतीय सामानमा २५ प्रतिशत भन्सार लागू हुँदै आएकोमा अब दर दोब्बर भएको हो। सूचनामा भनिएको छ, “अगस्ट २७, २०२५ वा त्यसपछि अमेरिकी भन्सार क्षेत्रमा प्रवेश गर्ने वा गोदामबाट निकालिने सबै भारतीय सामानमा नयाँ दर लागू हुनेछ।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरी अप्रत्यक्ष रूपमा युक्रेन युद्धमा रुसलाई सहयोग गरेको भन्दै यो निर्णय लिएका हुन्। भारतले भने अमेरिकी कदमलाई “अनुचित, अन्यायपूर्ण र तर्कहीन” भन्दै विरोध जनाएको छ।

यसअघि, अप्रिल २०२५ मा ट्रम्प प्रशासनले २६ प्रतिशत करको घोषणा गरे पनि ९० दिनका लागि निर्णय स्थगित गरेको थियो। त्यसपछि जुलाईमा कर दर २५ प्रतिशतमा पुर्याइएको थियो। तर, अगस्टमा थप २५ प्रतिशत थपिएसँगै कुल कर ५० प्रतिशत पुगेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय