काठमाडौ,११ भदौ । नेपाली बजारमा बुधवार सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले बढ्दै छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
१० ग्रामको हिसाबले हेर्दा सुनको मूल्य १ लाख ७० हजार ६१० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। मंगलबार भने सुनको मूल्य तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँमा स्थिर थियो।
यसैबीच, बुधवार चाँदीको मूल्य भने सामान्य घटेको छ। मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ रहेको चाँदी बुधवार घटेर २ हजार ३४५ रुपैयाँमा पुगेको छ।

